Project

Pashupati Sewa

Pashupati Sewa

ABOUT US

समृद्ध रास्ट्रको आधारशिलाको रुपमा रहेको मानव समाजको विकास हुनुनै सभ्यताको परिचय हो।  हाम्रो देश नेपाल प्रकृतिको वरदान हो भने यो भुमि तपोभूमि हो।  आराध्य देव पशुपति नाथको शक्ति पिठ हो। हिन्दु सनातन धर्मको वैज्ञानिक आधारको रुपमा वेदको रचना गर्ने वेदव्यासको आश्रमस्थल हो।  नेपाल जस्तो देशका हामि नेपालीहरुको आ-आफ्नो क्षेत्रबाट सेवाको भवन राखी मानव कल्याणको लागि संगठित भइ सेवा पुर्याउनु परम कर्तव्य हुन जान्छ।  यस्तै भावनाले प्रेरित भै यो श्री पशुपति सेवा विकास संस्था नामक गैरसरकारी संस्था विशुद्ध गैरनाफामूलक रुपमा सेवा प्रदान गर्नका लागि मिति २०६७ साल कार्तिक १६ गतेका दिन श्री जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता नं ३९३ मा दर्ता भइ विधिवत रुपमा आफ्नो विधानमा रहेको उदेश्य प्राप्तिका लागि विभिन्न सेवामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै अगाडी बढिरहेको छ।